त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने स्नातकतह प्रथम वर्ष बि.बि.एस. र बि.एड. तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरुले मिति २०८२ साल जेठ १६ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा फाराम भर्दा परीक्षार्थीले ध्यान दिनु पर्ने कुराहरु :
१) स्नातकतह प्रथम वर्षका नियमित परीक्षार्थीले सम्पूर्ण शिक्षण शुल्क वुझाउनु पर्नेछ ।
२) यस पटकदेखि परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले अनलाइन माध्यमबाट भर्नुपर्ने व्यवस्था गरिएकोले क्याम्पसले उपलब्ध गराएको परीक्षार्थीको इमेल अनुसार यिनष्ल गरी दिइएको निर्देशन अनुसार आफ्नो परीक्षा आवेदन फाराम भरी कगदmष्त गर्नु पर्नेछ ।

नोट : थप जानकारीका लागि क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
सम्पर्क नं. : ९८५७०१६६०४, ९८५७०२२१९१, ९८६०५२३९९०